पब्लिकेसन नेपालयले २० वर्षको अवसरमा पुस्तक मेला आयोजना गर्दै, ६०% सम्म छुट दिने
काठमाडौँ - पब्लिकेसन नेपालयले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आगामी वैशाख २७ र २८ गते शनिबार र आइतबार दुई दिने पुस्तक मेला आयोजना गर्ने घोषणा गरेको छ। पुस्तक मेला नेपालयको अफिस कालिकास्थानमा आयोजना हुनेछ। यस मेलामा नेपालयका प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिइने छ।
पुस्तक मेलामा नेपालयका ३० भन्दा बढी लेखकहरूको उपस्थिति रहनेछ। लेखकहरूसँग भेटघाट र पुस्तकमा हस्ताक्षर गर्ने अवसर पनि प्रदान गरिनेछ। नेपालयका प्रमुख कार्यकारी सैजन मास्केका अनुसार, यो मेलाको उद्देश्य पाठकहरूलाई आफ्ना प्रकाशन एकै स्थानमा छुट मूल्यमा उपलब्ध गराउनु र प्रिय लेखकहरूसँग प्रत्यक्ष भेटघाटको अवसर प्रदान गर्नु हो।
नेपालयले आफ्नो पहिलो पुस्तक 'पल्पसा क्याफे' मार्फत नेपाली साहित्यमा नयाँ आयाम थपेको थियो। २० वर्षको यात्रामा नेपालयले नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।









