उत्तरकाशीमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, उद्धार कार्य जारी
काठमाडौँ - भारतको उत्तरकाशी जिल्लामा बिहीबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ, जसमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। उत्तरी उत्तराखण्डका पहाडी क्षेत्रहरूमा भइरहेको खराब मौसमका कारण उद्धार कार्यमा चुनौतीहरू आइरहेका छन्।
दिउँसो २ बजेतिर, पिपलकोटी र चमोली बीचको मौसम खराब भएपछि बद्रीनाथको दर्शन गरेर देहरादुन जाँदै गरेका तीर्थयात्रीहरूलाई बोकेको हेलिकप्टरले गोपेश्वर प्रहरी मैदानमा आपत्कालीन अवतरण गर्ने प्रयास गर्याे, तर त्यहाँ पार्क गरिएको गाडीका कारण हेलिकप्टर खेल मैदानतिर आयो ।
प्रारम्भिक विवरणअनुसार, दुर्घटनामा ७ जना सवार थिए, जसमा ६ जनाको मृत्यु भएको र एक जना घाइते भएका छन्। घटनास्थलमा प्रहरी, प्रशासन र विपद् व्यवस्थापन टोली उद्धार कार्यमा संलग्न छन्।
यसैबीच, उत्तराखण्ड मौसम विभागले देहरादून, उत्तरकाशी, चमोली, रुद्रप्रयाग, टिहरी, पौरी, नैनीताल र चम्पावत जिल्लामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको चेतावनी जारी गरेको छ। साथै, तीव्र हावाहुरी र मेघगर्जनको सम्भावनासमेत व्यक्त गरिएको छ।









