दक्षिण कोरियामा नेपाली युवाले प्रहरीलाई बुझाए बाटोमा भेट्टिएको १३ लाख
काठमाडौँ । दक्षिण कोरियामा बस्दै आएका एक नेपाली युवाले बाटोमा भेटाएको पैसा प्रहरीलाई बुझाएका छन् । वैदेशिक रोजगारीका लागि कोरिया गएका रामेछापका प्रदीप श्रेष्ठले इमान्दारीता देखाउँदै बाटोमा भेट्टाएको १३ लाख कोरियन वन प्रहरीलाई बुझाएका हुन् ।
हाल उनी कोरियाको इन्छन् शहरमा रोजगारी गर्दै आएका छन् । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको थियो ।
उनले भेट्टाएको खाममा १० लाख एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए । पैसाले भरिएको खाम भेट्ने वित्तीक्कै श्रेष्ठले इन्छनमै अवस्थित प्रहरी चौकीमा उक्त रकम बुझाइदिएका हुन् ।
उनी सन् २००९ मा ई–९ भिसा लिएर दक्षिण कोरियामा कामदारका रूपमा गएका थिए । हाल श्रेष्ठले भिसा परिवर्तन गरेर एफ–२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा बसोबास गरिरहेका छन् ।
श्रेष्ठले इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दोभाषेका रूपमा काम गर्दै आएका छन् ।