गृहमन्त्री रमेश लेखकको दाबी :"संक्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेर छोड्छ"
काठमाडौँ - गृहमन्त्री रमेश लेखकले सरकारले सङ्क्रमणकालीन न्यायको विषयलाई सम्बोधन गरेर छोड्ने दाबी गरेका छन्। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार यस विषयमा अघि बढिसकेको बताए। उनका अनुसार, मुलुकमा स्थिरता र सुशासनको लागि सरकारले सङ्क्रमणकालीन न्यायलाई प्राथमिकतामा राखेको छ।
लेखकले सिफारिस समितिलाई स्वतन्त्र र निष्पक्ष ढंगले सिफारिस गर्न आग्रह गर्दै पीडितको प्रतिनिधित्वको विषयमा पनि सिफारिस समितिसँग कुरा गर्न सकिने बताएका छन्। उनले भने, "पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियाबाट बाहिर राखेर प्रक्रिया ठिक ढंगले निष्कर्षमा नपुग्ने हो।"









