बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा: १५ स्थानमा विशेष अफर
काठमाडौँ - साइमेक्स इंक, नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रिको आधिकारिक वितरक,ले आगामी वैशाख २४ देखि २७ गतेसम्म देशभर ‘बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन’ आयोजना गर्ने घोषणा गरेको छ। यस क्याम्पेनमा सहभागी ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर बीवाईडीका नयाँ इलेक्ट्रिक गाडीहरूमा अपग्रेड गर्न सक्नेछन्।
मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नेछन् । यस अन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुने कम्पनीको भनाइ छ।
विशेष अफरहरू:
-
एक्सचेन्ज बोनस: पुरानो गाडी साट्दा आकर्षक नगद बोनस प्राप्त गर्न सकिन्छ।
-
निःशुल्क अटो प्लस इन्स्योरेन्स: १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स सुविधा।
-
१० वर्षको एक्सटेन्डेड वारेन्टी: गाडीमा १० वर्षको एक्सटेन्डेड वारेन्टी उपलब्ध।
-
८०% सम्म फाइनान्सिङ: आकर्षक ब्याजदरमा ८०% सम्म फाइनान्सिङ सुविधा।
-
नगद छुट: विशेष नगद छुटको व्यवस्था।
-
लक्की ड्र: क्याम्पेन अवधिमा गाडी बुकिङ गर्ने ग्राहकहरूलाई लक्की ड्रमा सहभागी हुने अवसर, जसमा तीन जना विजेताले १२ महिना सम्मको किस्ता निःशुल्क प्राप्त गर्नेछन्।
क्याम्पेन आयोजना हुने स्थानहरू:
- चितवन – बीवाईडी पार्क, चितवन
- बुटवल – भेल्भेट लक्स होटल
- भैरहवा – बोधी रेडसन
- नेपालगन्ज – बीवाईडी नेपालगन्ज शोरुम
- दाङ – माला इन
- धनगढी – होटल रुबस
- विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल
- दमक – बीवाईडी शोरुम, दमक
- इटहरी – बीवाईडी शोरुम, इटहरी
- विराटनगर – बीवाईडी शोरुम, विराटनगर
- जनकपुर – बीवाईडी शोरुम, जनकपुर
- लहान – बीवाईडी शोरुम, लहान
- वीरगन्ज – बीवाईडी शोरुम, वीरगन्ज
- पोखरा – रोयल महल बैंक्वेट
- ललितपुर – सत्कार फाइन डाइन
- पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला
- कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट
- सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन
- सातदोबाटो – सेल्सबेरी, सातदोबाटो
- नक्साल – आम्रपाली बैंक्वेट









