सांसद गणेश पराजुलीको उधारो असुली कानुन बनाउन माग
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले व्यापारिक उधारो असुलीका लागि विशेष कानुन बनाउने माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले व्यापारका क्रममा उधारो दिनुपर्ने अवस्था आउने तर रकम उठाउन जाँदा नदिएमा उठाउने कानुन नभएकाले अफ्ट्यारो पर्ने गरेको बताए।
सांसद पराजुलीले भने, "व्यापारका क्रममा उधारो बढ्दै गएर ऋणको भारमा परेर धेरै डिप्रेशनमा परेको र केहीले आत्महत्या समेत गर्ने अवस्था आएका घटनाहरू देखिएका छन्।" यसका कारण उधारो असुलीका लागि विशेष कानुन बनाउनु आवश्यक भएको उनले जोड दिए।









