अध्यक्ष अनिल बस्नेत पक्राउ
काठमाडौँ - शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई तीनकुने घटनामा संलग्न भएको आरोपमा सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्। अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा बस्नेतविरुद्ध अनुसन्धान भइरहेको छ। प्रहरीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ।









