प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ: "आसेपासे पूँजीवादसँग मेरो कुनै सम्बन्ध छैन"
काठमाडौँ - प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आसेपासे पूँजीवादसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्
। उनले भने, “पूँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो। अहिलेको सरकारले पूँजीवादलाई प्रश्रय दिँदैन। पैसाले होइन, हाम्रा लागि मान्छे महत्त्वपूर्ण हो।”









