image
image
रायपुरको मांगोलीमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

रायपुरको मांगोलीमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौँ -   भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा आइतबार राति भएको भीषण सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। यस दुर्घटनामा एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । घाइते सबैलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मृत्यु हुने सबै बच्चाको छठी (बच्चा जन्मिएको छैटौँ दिन मनाइने उत्सव)मा सहभागी भएर फर्किरहेका थिए।

पुलिसका अनुसार रायपुरको विधान सभा प्रहरी चौकी क्षेत्रको चटौड गाउँका करिब ५० जना खरोरा प्रहरी चौकी क्षेत्रको बाना गाउँमा पारिवारिक कार्यक्रममा गएका थिए। राति अबेर फर्कने क्रममा यो दुर्घटना भएको हो। दुर्घटनाका कारण रायपुर–खरौरा सडक लामो समयसम्म बन्द रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।