पाकिस्तानी सेनाले विमानमा सामान्य क्षति स्वीकार
काठमाडौँ - पाकिस्तानको इस्लामाबादमा आइतबार राति आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाले भारतसँगको द्वन्द्वको समयमा आफ्नो एउटा विमानमा सामान्य क्षति भएको स्वीकार गरेको छ। सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार, उक्त विमानमा थोरै क्षति पुगेको थियो। तर, उनले विमानको प्रकार र थप विवरणहरू खुलासा गर्न अस्वीकार गरे।
यसैबीच, पाकिस्तानले भारतीय पाइलटको बारेमा आएका समाचारलाई 'फेक समाचार'को रूपमा खण्डन गरेको छ। सेनाका प्रवक्ताले स्पष्ट पारेका छन् कि पाकिस्तानको कब्जामा कुनै पनि भारतीय पाइलट नरहेको र त्यस्ता सबै समाचार 'फेक सामाजिक सञ्जाल रिपोर्ट'मा आधारित रहेको बताएका छन्।









