भारतको सीमामा नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीको पैसा असुलीको गुनासो
काठमाडौँ - सुदूरपश्चिम प्रदेशका प्रमुख नाका—कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमार्फत भारतबाट फर्कँदै गरेका नेपाली श्रमिकहरूले भारतीय सुरक्षाकर्मीबाट पैसा असुली र अपमानजनक व्यवहारको गुनासो गरेका छन्।
कैलालीका बम थापाले गौरिफण्टा नाकामा भारतीय सुरक्षाकर्मीहरूले अनावश्यक झन्झट सृजना गरेर पैसा माग्ने गरेको बताए। उनका अनुसार, सुरक्षाकर्मीहरूले चेकजाँचपछि कुनै न कुनै बहाना बनाएर पैसा असुली गर्छन्।
सशस्त्र प्रहरी बल नेपालका अनुसार, सीमामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ र शङ्कास्पद व्यक्तिहरूको निगरानी गरिएको छ।









