प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यले गरे स्वागत
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली सोमबार लुम्बिनी पुगेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन्। २५६९औं बुद्ध जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता रहेको छ।
लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहित संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम रहेको जनाएको छ।









