ऋचा घिमिरे कोड मन्त्राको ब्रान्ड एम्बासडर नियुक्त
काठमाडौँ - प्रख्यात नेपाली अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरे अमेरिकामा आधारित प्रविधिमूलक शैक्षिक कम्पनी कोड मन्त्राको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्। कोड मन्त्राले बालबालिकालाई कृत्रिम बौद्धिकता (AI), कोडिङ, रोबोटिक्स, गणित र मेशिन लर्निङ जस्ता विषयहरूमा सिकाइ प्रदान गर्दै भविष्यका लागि तयार बनाउने उद्देश्य राख्दछ।
ऋचाले यस नियुक्ति अवसरमा भनिन्, “यो केवल एउटा ब्रान्ड साझेदारी होइन; हामी अब एक ग्लोबल भिलेजमा बाँचिरहेका छौं। यस प्रकारका सहकार्यहरूले विश्वभरिका कलाकारहरूका लागि नयाँ अवसरको ढोका खोल्नेछन्।”
कोड मन्त्राको सीईओ भुवन रिजालका अनुसार, कम्पनीको लक्ष्य बालबालिकालाई प्रतिस्पर्धात्मक युगमा सक्षम बनाउनु हो। कोड मन्त्राले ५ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई अनलाइन कक्षाहरू मार्फत सिकाइ प्रदान गर्दछ, जसमा व्यक्तिगत र समूह कक्षाहरू समावेश छन्।









