सुन र चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ - नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ३ हजार ७०० रुपैयाँले घटेको हो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको हो।









