image
image
किराँत समुदायले उँभौली पर्व मनाउँदै

किराँत समुदायले उँभौली पर्व मनाउँदै

काठमाडौँ -    आज, वैशाख शुक्ल पूर्णिमाका अवसरमा, किराँत राई समुदायले आफ्नो महत्वपूर्ण पर्व उँभौली मनाउँदैछन्। यस पर्वमा राई, लिम्बू लगायतका जातजातिहरूले प्रकृतिको पूजा आराधना गर्दै चण्डी पूर्णिमा मनाउने परम्परा रहेको छ ।

किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँका भूमेस्थानमा बाली राम्रो होस् भन्ने उद्देश्यले प्रकृतिको पूजा गर्ने परम्परा रहेको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। वैशाख शुक्ल पूर्णिमापछि गर्मी बढ्दै जाने र बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

किराँत समुदायको विश्वास अनुसार, वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने मान्यता छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।