सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याउने तयारी
काठमाडौं। सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कुटनीतिक पहलपछि चीन सिलिण्डिर दिन तयार भएको बताए।
पहिलो चरणमा तीन हजार सिलिण्डर एक सातामै नेपाल आइपुग्ने बताइएको छ। त्यसपछि थप सिलिण्डर केही समयमा नेपाल आइपुग्ने प्रवक्कता प्रा.डा. जागेश्वर गौतमको भनाइ छ। बढ्दो अक्सिजनको अभाव कम गर्न सरकारले सिलिण्डर किन्न लागेको हो।