image
image
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले बुद्ध जयन्तीमा शान्तिको सन्देश फैलाउन आह्वान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले बुद्ध जयन्तीमा शान्तिको सन्देश फैलाउन आह्वान

काठमाडौँ -   लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २५६९ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै, "हामी नेपालीले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्ने" बताएका छन्। उनले यस दिनले शान्तिको सन्देश विश्व सामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे।

मुख्यमन्त्री आचार्यले गौतम बुद्धको सन्देश र दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गइरहेको बताए। उनले फरक प्रसङ्गमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा चिन्ता बढेको बताउँदै, नियमित सञ्चालनमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने समेत बताए। उनले विमानस्थल सञ्चालन हुँदा लुम्बिनीको मुहार फेरिने र अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन बढ्ने समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।