image
image
आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रमको घोषणा , प्रधानमन्त्री ओली

आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रमको घोषणा , प्रधानमन्त्री ओली

काठमाडौँ -   प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रम भव्य रूपमा आयोजना गर्ने घोषणा गरेका छन्। सोमबार, २५६९ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले यस महत्वपूर्ण निर्णय सार्वजनिक गरे।

प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले बुद्धका उपदेशहरू विश्वका लागि सन्दर्भयोग्य रहेको उल्लेख गर्दै भारत र पाकिस्तान बीचको सम्बन्धमा हालको हात हालाहालको स्थितिमा हामीलाई संयमित हुनुपर्ने बताए।

उनले थपे, "बुद्धको सन्देश र उपदेश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको छ र यसले बुद्ध दर्शन र सिद्धान्तलाई ऐतिहासिक महत्त्वका रूपमा प्रस्तुत गर्दै आएको छ।" प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै शान्ति, करुणा र प्रेमजस्ता मूल्यहरूको प्रचारमा उनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।