image
image
महानगरले सार्वजनिक स्थानमा राखिएका बेवारिसे सवारी साधन हटाउने अभियान ,वीरगञ्ज

महानगरले सार्वजनिक स्थानमा राखिएका बेवारिसे सवारी साधन हटाउने अभियान ,वीरगञ्ज

काठमाडौँ -    वीरगञ्ज महानगरपालिकाले सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका बेवारिसे सवारी साधन र उपकरणहरू हटाउने अभियान सुरु गरेको छ। महानगरले सडक, फुटपाथ र अन्य सार्वजनिक स्थानलाई स्वच्छ र व्यवस्थित बनाउन यो कदम चालेको हो।

सोमबार, वडा नं. २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि राखिएको पुरानो रोलर मेसिन नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुई क्रेनको सहायतामा हटाएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिए।

यसैगरी, महानगरले बसपार्क क्षेत्रमा सञ्चालनमा नआएको एक बस र एक ट्रकलाई पनि हटाएको छ। ती दुवै सवारी साधनलाई डम्पिङ साइटमा पु¥याइएको छ। गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा दुई बेवारिसे बस हटाइएको थियो।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहका अनुसार, सार्वजनिक सूचना जारी गर्दा पनि बेवारिसे सवारी साधन हटाउन नआएपछि महानगर आफैंले यो अभियान थालेको हो। उनले भने, "सहर हामी सबैको साझा घर हो। नागरिकले नियम पालन गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौँ।"

महानगरले सडक, फुटपाथ, चोक, उद्यान, बसपार्क र अन्य सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारी साधन तथा संरचनाले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेको कारण ती सवारी साधन हटाउने कार्य अघि बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।