image
image
युवतीलाई यौन पेसामा लगेको आरोपमा महिला पक्राउ ,वीरगञ्ज

युवतीलाई यौन पेसामा लगेको आरोपमा महिला पक्राउ ,वीरगञ्ज

काठमाडौँ -   वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुनलाई एक युवतीलाई नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

गत वैशाख २१ गते खातुनले एक युवतीलाई नयाँ कपडा किनिदिन्छु भन्दै रक्सौल पुर्‍याएकी थिइन्। त्यहाँ लगेर ती युवतीलाई यौन पेसामा लगाएको आरोपमा खातुनलाई पक्राउ गरिएको हो। पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले जानकारी दिए।

यसअघि पनि खातुनले अन्य बालिकाहरुलाई यसैगरी भारत लगेर यौन पेसामा लगाउने गरेको भन्ने सूचना प्राप्त भएकोले त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।