image
image
प्रधानमन्त्री ओली र मोहन बैद्यको भैरहवामा आकस्मिक भेट

प्रधानमन्त्री ओली र मोहन बैद्यको भैरहवामा आकस्मिक भेट

काठमाडौँ -   प्रधानमन्त्री केपी शर्मा ओली र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन बैद्यबीच भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक भेट भएको छ। प्रधानमन्त्री ओली २५६९ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा भाग लिन आइतबार काठमाडौँबाट प्रस्थान गरेका थिए।

महासचिव बैद्य भने आफ्नी दिवंगत आमाको अन्तिम संस्कार सकेर काठमाडौँ फर्किने क्रममा विमानस्थलमा विश्राम गरिरहेका थिए। विमानस्थलमा बैद्यलाई देखेपछि प्रधानमन्त्री ओलीले उनलाई भेटेर आमाको निधनमा दुःख व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए। बैद्यका भान्जा प्रशान्त ओलीका अनुसार, "महासचिवज्यू विमानस्थलमा आराम गरिरहनुभएको थियो। लुम्बिनीको कार्यक्रममा भाग लिन आउनुभएका प्रधानमन्त्रीले देखेपछि भेटेर आमाको निधनमा दुःख व्यक्त गर्नुभयो। स्वास्थ्य लाभको कामना गर्नुभयो। अन्य कुनै कुरा भएन।"

बैद्यकी आमा जानकीदेवी उपाध्यायको वैशाख २४ गते १०० वर्षको उमेरमा निधन भएको थियो। बिरामी आमालाई भेट्न वैशाख २३ गते घोराही गएका महासचिव बैद्य भर्खर काठमाडौँ आइपुगेका छन्। उनी लामो समयदेखि दमका रोगी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।