रुकुम पश्चिममा फोर्स गाडी दुर्घटना, एक जनाको मृत्यु
काठमाडौँ - रुकुम पश्चिमको सानोभरी गाउँपालिका–१० स्थित सिम्लीदेखि भित्रितर्फ जोड्ने सडकमा आइतबार साँझ भएको फोर्स गाडी दुर्घटनामा ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, लुम्बिनी प्रदेश ०२—००१ च ०१७७ नम्बरको गाडी ब्रेक फेल भएर सडकबाट खसेको थियो। दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन्।
घाइतेहरूको उपचार भइरहेको र थप विवरणको लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









