image
image
प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको, सञ्चार मन्त्री गुरुङको भनाइ

प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको, सञ्चार मन्त्री गुरुङको भनाइ

काठमाडौँ  -  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता र अनुशासनहिनता बढेको बताएका छन्। उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार सक्रिय रहेको र आम सञ्चार विधेयकको ड्राफ्ट तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।

मन्त्री गुरुङले मंगलबार वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्ती कार्यक्रममा बोल्दै भने, "हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता र अनुशासनहिनता बढेको छ। यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ।"

उनले अनलाइन मिडियामा जातीय सद्भावमा खलल पुर्‍याउने सामग्री प्रसारण भइरहेको आरोप लगाउँदै भने, "समाजमा कसैले राम्रो काम गरे पनि मिडियाबाट त्यसलाई खेद्ने काम भइरहेको छ। अझ अनलाइन मिडियालाई व्यवस्थित बनाउनुपर्ने छ।"

सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयकको ड्राफ्ट तयार भएको र यसलाई संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको उनले जानकारी दिए। यस विधेयकमा सामाजिक सञ्जालका प्रयोगकर्ताले 'झुटो जानकारी' वा 'अश्लील सामग्री' साझा गरेमा कडा कारवाहीको प्रावधान रहेको छ। यसका साथै, अनलाइन मिडियालाई सरकारसँग दर्ता गराउनुपर्ने र दर्ता नगरेमा प्रतिबन्ध लगाइने प्रावधान पनि रहेको छ।

मन्त्री गुरुङले अनलाइन मिडियामा अराजकता र साइबर अपराधको वृद्धि भएको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक भएको बताए। उनले भने, "अनलाइनका कारण साइबर क्राइम बढेको छ। ४० हजार भन्दा बढी उजुरी छ, त्यसमा फेसबुकका कारण छ। अनि यसलाई नियमन गर्नुपर्छ कि पाइँदैन? हामी गर्छौँ।"

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।