गरुडा नगरपालिकाले करेन्ट लागेर ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख रुपैयाँ राहत
काठमाडौँ - गरुडा नगरपालिकामा कार्यरत अमिन रामजी साहको करेन्ट लागेर निधन भएपछि, नगरपालिकाले उनका परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
मेयर कन्थमणि जैसवालको पहलमा नगरपालिकाको कोषबाट उक्त रकम राहत स्वरूप उपलब्ध गराइएको हो। मेयर जैसवालले एक कार्यक्रमका बीच स्वर्गीय साहकी श्रीमती रुनी कुमारी साहलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै भने, “यो थोरै भए पनि परिवारजनको पीडामा मलम लगाउने प्रयास हो।”
साहको निधन निर्माणाधीन भवनको नापी गर्ने क्रममा ११ हजार भोल्टको करेन्ट लागेर भएको थियो।









