महानगरपालिकाद्वारा पद्मकन्या क्याम्पसमा सांस्कृतिक महिला मुरालको निर्माण
काठमाडौँ - काठमाडौं महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा बागबजारस्थित पद्मकन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिलाहरूको आकृति चित्रित भित्तेचित्र (मुराल) तयार पारिँदैछ।
यस मुरालमार्फत विविध संस्कृतिको पहिचान, महिला सशक्तीकरण र एकताको सन्देश प्रस्तुत गरिएको छ। महानगरपालिकाले यसअघि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोटेश्वरस्थित सरस्वती पार्कमा नेपाली फुटबलर सावित्रा भण्डारी (साम्बा) को मुराल बनाएको थियो।









