निशा डाँगी: 'डेट एक्सपायर' नेताहरूलाई बिदा दिनु पर्छ, नयाँ पुस्तालाई नेतृत्व दिनुहोस्
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक सांसद निशा डाँगीले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेताहरूलाई 'डेट एक्सपायर' भन्दै आलोचना गरेकी छन्। उनले नयाँ पुस्ताले नयाँ राजनीतिज्ञलाई देख्न चाहेको बताउँदै पुराना नेताहरूलाई बिदा दिनुपर्ने र जेनरेशन Z (जेनजी) पुस्तालाई बुझ्न सक्ने नेता राजनीतिमा आउनुपर्ने बताइन्।
सांसद डाँगीले भनिन्, "अबको राजनीति युवा पुस्ताले नेतृत्व गर्नुपर्ने बेला आएको छ। पुराना नेताहरूको सोच र शैली अहिलेको युवापुस्तासँग मेल खाँदैन। हामीलाई नयाँ सोच र दृष्टिकोण चाहिएको छ।"









