image
image
सांसद जुली महतो: 'ओली सरकार ढल्ने दिवास्वप्न मात्र'

सांसद जुली महतो: 'ओली सरकार ढल्ने दिवास्वप्न मात्र'

काठमाडौँ -  नेकपा एमालेकी सांसद जुली महतोले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने कुरा दिवास्वप्न मात्र भएको बताएकी छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद महतोले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार स्थिर र जिम्मेवार भएको दाबी गरिन्।

सांसद महतोले भनिन्, "अहिले कांग्रेस र एमालेको स्थिर र जिम्मेवार सरकार छ। यो सरकार बनेसँगै सत्ताको खेल होइन, स्थायित्वको युग सुरु भएको छ। कसैले सरकार ढल्छ भन्ने सोचेको छ भने त्यो दिवास्वप्न हुनेछ।"

उनले थपिन्, "अबको राजनीति सत्ताको खेल होइन, जनताले स्थायित्व र प्रगतिको अपेक्षा गरेका छन्। जनताको अपेक्षामाथि षड्यन्त्र गर्नु लोकतन्त्रको अपमान हो। जनताले संघर्षमार्फत ल्याएको लोकतन्त्र जनताले नै बचाउनेछन्।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।