भारत–पाकिस्तान युद्धविरामपछि जम्मू कश्मीरमा सामान्यता फर्कंदै, विद्यालयहरू खुले
काठमाडौँ - भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतापछि जम्मू कश्मीरको स्थिति बिस्तारै सामान्य हुँदै गएको छ। बीबीसी संवाददाता मजिद जहाँगीरका अनुसार, श्रीनगरमा मंगलबार विद्यालयहरू खुलेका छन् र विद्यार्थीहरू स्कुल जान थालेका छन्।
तर, बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टर जस्ता अन्य क्षेत्रहरूमा विद्यालयहरू अझै खुलेको छैन। समाचार एजेन्सी एएनआईका अनुसार,मंगलबार बिहान विद्यार्थीहरू स्कुल जाँदै गरेको देखिएको थियो । भारी गोलाबारीबाट प्रभावित पुंछमा बिस्तारै बजारहरू खुल्न थालेका छन् ।









