image
image
पाकिस्तानी सेनामाथि भारतीय आक्रमण: ११ सैनिकको मृत्यु, ७८ घाइते

पाकिस्तानी सेनामाथि भारतीय आक्रमण: ११ सैनिकको मृत्यु, ७८ घाइते

काठमाडौँ  -    पाकिस्तानले भारतीय सेनाको आक्रमणमा आफ्ना ११ सैनिकको मृत्यु भएको र ७८ जना घाइते भएको जनाएको छ। मृत्यु हुनेमा ६ जना सेनाका र ५ जना वायुसेनाका सैनिक रहेका छन्। यसैगरी, ४० जना सर्वसाधारणको पनि मृत्यु भएको र १२१ जना घाइते भएको पाकिस्तानी मिडिया डनले जनाएको छ।

प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणमा ज्यान गुमाउने सैनिकका परिवारका लागि 'मरकज–ए–हक' नामक राहत प्याकेजको घोषणा गरेका छन्। यसमा ज्यान गुमाउनेका परिवारलाई १ करोड रुपैयाँ र घाइतेलाई १० देखि २० लाख रुपैयाँसम्मको क्षतिपूर्ति दिइनेछ।

यसैबिच, प्रधानमन्त्री शाहबाज शरीफले मंगलबार दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाएका छन्। यस बैठकमा भारत विरुद्ध सुरु गरिएको 'अपरेशन बन्यान–अन–मर्सूस' सम्बन्धी छलफल गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।