सांसद सिंहको माग: जिल्लास्तरीय दर रेट तोक्न राजस्व कार्यालयसँग राय लिनु पर्छ
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले संघीय बजेट अघि नै ७७ वटै जिल्लामा दर रेट तोक्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, “दर रेट तोक्दा अर्बौँ रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गरेको छ, त्यसैले राजस्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्नुपर्छ।”
सिंहले ग्यापिङ बक्स उद्योगको उदाहरण दिँदै भने, “उक्त उद्योगले २ सय ३० रुपैयाँमा बेच्ने सामानको दर रेट ३ सय २८ रुपैयाँसम्म पुगेको छ, जुन नीतिगत भ्रष्टाचारको संकेत हो।” उनले थपे, “राजस्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट तोक्न अनुरोध गर्दछु।”









