खाँदबारी -१ का कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
काठमाडौँ - खाँदबारी नगरपालिका-१, रेडक्रस मार्गस्थित ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा सोमबार बेलुकी जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ८१,५७० रुपैयाँ र ४ बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।









