image
image
श्रीमानको हत्या गरेको अभियोगमा ५० वर्षीया महिला पक्राउ

श्रीमानको हत्या गरेको अभियोगमा ५० वर्षीया महिला पक्राउ

काठमाडौँ  -   बंगलाचुली गाउँपालिका-७, हल्दीका ५० वर्षीया संगीता सुनारी मगरलाई आफ्नै श्रीमान् पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार, घरायसी विवादका क्रममा संगीता सुनारी मगरले दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।