बीपी राजमार्ग बाढीपछि अवरुद्ध खुल्यो, एकतर्फी यातायात सञ्चालनमा
काठमाडौँ - काभ्रेको बीपी राजमार्ग सोमबारको वर्षापछि आएको बाढीका कारण अवरुद्ध भएको थियो। सोमबार राति बाढीले राजमार्गको माम्ती क्षेत्रमा रोशी खोलाबाट आएको लेदोले डाइभर्सन बगाएको थियो, जसका कारण यातायात अवरुद्ध भएको थियो। तर मंगलबार साढे १२ बजेबाट अस्थायी डाइभर्सन बनाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार , अस्थायी डाइभर्सनको निर्माणले यातायातलाई पुनः सञ्चालन हुन सक्ने बनाइएको छ ।









