image
image

बिदेशमा संक्रमणका कारण ३७२ नेपाली को मृत्यु

काठमडौँ । संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाअनुसार गत साता भारतमा २०, कुवेतमा दुई र कतारमा एक नेपालीको कोरोनाका कारण मृत्यु भएको हो। भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य तथा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० नेपालीको निधन भएको हो।

निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन्। यससँगै हालसम्म विश्वका २१ मुलुकमा संक्रमणका कारण ३७२ नेपालीको निधन भएको छ । 

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपाली ६८ हजार ५०६ जना पुगेका छन्। कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ संक्रमणमुक्त भएका छन्।

यसैबीच नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ संक्रमित पुगेकामा ९३ दशमलव ३ प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ।

पछिल्लो एक वर्षमा सबैभन्दा बढी मेमा ६८, सेप्टेम्बरमा ६५ र अगष्टमा ३६ नेपालीको निधन भएको थियो । यो वर्ष शुरु भएपछि भने यही अप्रिलमा २३ नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । गत वर्ष जुन, जुलाई, डिसेम्बर र यस वर्ष जनवरीमा सबैभन्दा धेरै नेपाली कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

यसैबीच गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सापकोटाले महामारीका दौरान २५० चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिए।

उनका अनुसार नेपाल बाहिर करीब पाँच हजार चिकित्सक र पन्ध्र हजार नर्स नेपाली छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्ने प्रयास भइरहेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।