image
image
नेपालमा पछिल्लो २४ घण्टामा  विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ -   नेपाल प्रहरीले जानकारी दिएको अनुसार, पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

सिराहा, मिर्चैया नगरपालिका-७ बाख्रा बजार: बा.प्र.०१-००४ क २९५३ नम्बरको टिपरको ठक्करबाट ६५ वर्षीय महेन्द्र महराको घटनास्थलमै मृत्यु भएको छ। टिपर चालक हाल फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको छ।

बाँके, नरैनापुर गाउँपालिका-६ जमुनी चोक: यूपी ३२ इएस ७१४९ नम्बरको गाडीको ठक्करबाट ५५ वर्षीया साखरून खाँको मृत्यु भएको छ। घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो। गाडी चालक फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको छ।

कैलाली, घोडाघोडी नगरपालिका-२ टनकपुर: से.७ प ७३७२ नम्बरको मोटरसाइकललाई बा.प्र.०१००६ ख ७१५० नम्बरको हाइसले ठक्कर दिँदा मोटरसाइकल चालक ४५ वर्षीय नर बहादुर कडायतको मृत्यु भएको छ। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ पानीधारा: लु.३४ प ३१४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५० वर्षीय राम प्रसाद खनालको मृत्यु भएको छ। उपचारका क्रममा उनको मृत्यु भएको हो।

रुकुम पश्चिम, सानीभेरी गाउँपालिका-१० अमलाटाकुरा: लु.प्र.०२-००१ च ०१७७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा ५० वर्षीय नर बहादुर वली र ४४ वर्षीया लिला वली रहेका छन्। दुर्घटनामा घाइते भएका चालक समेत २ जनालाई थप उपचारको लागि रिफर गरिएको छ।

प्रहरीले यी घटनाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।