image
image
बुढानिलकण्ठमा नौलिङ्गेश्वरी भद्रकाली जात्रामा सिन्दूर जात्राको धूम (तस्बिरहरू)

बुढानिलकण्ठमा नौलिङ्गेश्वरी भद्रकाली जात्रामा सिन्दूर जात्राको धूम (तस्बिरहरू)

काठमाडौँ   -   बुढानिलकण्ठ नगरपालिका-१३ मा वैशाख २७ गतेदेखि शुरु भएको श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रामा आज सिन्दूर जात्रा सम्पन्न भएको छ। यस अवसरमा तीन दिदीबहिनी—तुपेक भद्रकाली, चपली भद्रकाली र चुनीखेल भद्रकाली—सहित गणेशको खट नगरपरिक्रमा गरिएको छ।

नौलिङ्गेश्वरी मन्दिरमा पञ्चबलि अर्पण गरी जात्राको प्रारम्भ गरिएको थियो। यस जात्रामा टुसाल, गाम्चा, शापाटार, चपली र चुनिखेल क्षेत्रको परिक्रमा गरिन्छ। सिन्दूर जात्रामा सहभागीहरूले एकअर्कामा सिन्दूर लगाएर धार्मिक उल्लास व्यक्त गरेर मनाइन्छ।

नौलिङ्गेश्वरी मन्दिर काठमाडौँ उपत्यकाको प्राचीन र प्रतिष्ठित काली मन्दिरमध्ये एक मानिन्छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।