भारतीय दूतावास अगाडि प्रदर्शन: महाकाली नदीमा तटबन्ध निर्माणको विरोध
काठमाडौँ - नेपालका दुई राष्ट्रवादी दलहरूले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले महाकाली नदीमा भारतले एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गरेका छन्।
प्रदर्शनमा सहभागी दलहरू 'ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा' र 'ग्रेटर नेपाल कम्युनिस्ट पार्टी'का कार्यकर्ताहरूले विभिन्न नारा र प्लेकार्डसहित प्रदर्शन गरेका छन्। उनीहरूले 'नेपालमाथिको हस्तक्षेप बन्द गर', 'इन्डियन हस्तक्षेप मुर्दावाद', 'राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर', 'गोर्खा भर्तीमा सम्झौता खारेज गर', र 'मिटरब्याजी पीडितको सम्पत्ति फिर्ता गर' जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन्।









