image
image
बारा जिल्लाको हुलाक कार्यालयका प्रमुख र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बारा जिल्लाको हुलाक कार्यालयका प्रमुख र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ  -  बारा जिल्लास्थित हुलाक कार्यालयका प्रमुख नायब सुब्बा बलिराम प्रसाद कुर्मी र चार अन्य कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दायर गरेको आरोपपत्रमा उनीहरूले हुलाक बचत बैंकमा संकलित रकमको अपचलन गरेको आरोप लगाइएको छ।

कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए। अख्तियारको अनुसन्धान अनुसार, उनले नगदी रजिस्टरमा प्रविष्टि नगरी, लेजर बुक र पासबुकमा मात्र विवरण देखाएर सरकारी रकमको दुरुपयोग गरेका छन्।

आरोपपत्रमा उल्लेख गरिएको छ कि कुर्मी र तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहले मिलेमतो गरी बचतकर्ताबाट संकलित रकम आपसी बाँडफाँड गरी ५ करोड ३५ लाख ६६ हजार २ सय ७९ रुपैयाँ ३३ पैसा दुरुपयोग गरेका छन्।

विशेष अदालतमा दायर आरोपपत्र अनुसार, सबै आरोपितहरूविरुद्ध बिगो कायम गरी सोही रकम बराबर कैद र जरिवानाको माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।