image
image
नेप्से परिसूचक मङ्गलबार दोहोरो अङ्कले घट्यो, कारोबार ९ अर्ब ६३ करोड

नेप्से परिसूचक मङ्गलबार दोहोरो अङ्कले घट्यो, कारोबार ९ अर्ब ६३ करोड

काठमाडौँ  -  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मङ्गलबार पनि दोहोरो अङ्कको गिरावट देखिएको छ। परिसूचक १४.१२ अङ्कले घटेर २६३४.८६ विन्दुमा पुगेको छ। यससँगै, बजारमा ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।बजारमा ७७ कम्पनीको मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ। क्रेट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।

क्षेत्रगत रूपमा जीवन बीमा, विकास बैंक र उत्पादन तथा प्रशोधनमूलक कम्पनीको सूचक बढ्दा अरू सूचक घटेका छन्। सबैभन्दा बढी होटल र ट्रेडिङ क्षेत्रको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।युनिभर्सल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कारोबार भएको शेयर सङ्ख्यामा पनि युनिभर्सल पावर नै अगाडि रहँदा कारोबार सङ्ख्यामा भने नेपाल माइक्रो इन्स्योरेन्स अगाडि रहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।