image
image
मिश्र र  खड्कासहितका नेताको रिहाइको माग गर्दै ललितपुरमा १२ औं दिनको रिले अनशन जारी

मिश्र र खड्कासहितका नेताको रिहाइको माग गर्दै ललितपुरमा १२ औं दिनको रिले अनशन जारी

काठमाडौँ  -   गत चैत १५ गते गिरफ्तार गरिएका रास्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महासचिव धवल शमशेर राणा, साथै पशुपति खड्का लगायतका नेताको रिहाइको माग गर्दै ललितपुरका राष्ट्रवादी र देशभक्त नागरिकहरूले ललित मण्डपमा रिले अनशन जारी राखेका छन्। आज अनशनको १२ औं दिन हो।

अनशनमा सहभागीहरूले "झुटा मुद्दा खारेज गर", "रविन्द्र मिश्र लगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई तत्काल रिहा गर", "विधिको शासन कायम गर", "नागरिक स्वतन्त्रता र हकको सम्मान गर" जस्ता नारा लेखिएका ब्यानर बोकेका छन्। उनीहरूले शान्तिपूर्ण तरिकाले आफ्नो माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि गिरफ्तार गरिएका मिश्र र अन्य नेताहरू अहिले हिरासतमा छन्। प्रहरीले उनीहरूलाई राष्ट्रविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।