image
image
ओलीले मुलुकको ढुकुटी रित्तो रहेको स्वीकार्दै आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गरे

ओलीले मुलुकको ढुकुटी रित्तो रहेको स्वीकार्दै आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गरे

काठमाडौँ  -  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको ढुकुटी रित्तो रहेको स्वीकार गर्दै आगामी दिनमा आर्थिक सुधार र समृद्धिको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यसअघि प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा पर्याप्त पैसा रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा पैसाको अभावका कारण केही योजनाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले भने, “पहिले ढुकुटीमा पैसा थियो, जे पनि गर्न सकिन्थ्यो। अहिले पैसा छैन, त्यसैले केही गर्न पनि डर लाग्छ।” उनले आफूले सुरु गरेका योजनाहरूलाई निरन्तरता दिने र मुलुकको आर्थिक अवस्था सुधार्ने प्रतिबद्धता व्यक्त गरे। उनले थपे, “अर्थतन्त्र अब ओरालो नलाग्नेछ, हामी समृद्धिको बाटोमा अघि बढ्नेछौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।