image
image

सुन तस्करको नेटवर्कः वैदेशिक रोजगारीमा गएका ५ युवा करिब डेढ किलो सुनसहित पक्राउ

काठमाडौँ । करिब डेढ किलो सुन अवैध तरिकाबाट ल्याउने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ९७ ग्राम सुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले टर्च लाइट र स्पिकरको भित्र पट्टी सुन राखेर ल्याएका थिए। केही हप्ता अघि पनि विमानस्थलबाट पङ्खा, राइस कुकर, सुटकेस जस्ता सामानभित्र सुन राखेर अवैध तरिकाले ल्याउने गरेको पाइएको थियो।

उनीहरु सबै जना वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका हुन्। उनीहरूले टर्च लाइटभित्र सुन राखेर ल्याएको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी राजेश बास्तोलाले भने।

पक्राउ पर्नेहरूमा राजु विक, जनक खड्का, यमलाल खनाल, सुमित तामाङ र धनबहादुर तामाङ रहेका छन्। उनीहरू सोमबार बिहान विभिन्न फ्लाइटबाट विमानस्थलमा ओर्लिएका हुन्। सुन तस्करले उनीहरूलाई भरिया बनाएर विदेशबाट सुन पठाएको खुलेको छ।

नेटवर्कभित्र वैदेशिक रोजगारमा गएका युवा नुवाकोट घर भएका सुमित हिमालयन एयर लाइन्सबाट सवा ११ बजे विमानस्थल ओर्लिएका थिए। उनको साथबाट प्रहरीले २ सय २० ग्राम सुन फेला पारेको हो। सोही विमानबाट आएका नुवाकोटका धनबहादुर  तामाङको साथबाट  २ सय ४९ ग्राम सुन फेला परेको प्रहरीले जानकारी दिएको छ। दुबईबाट नेपाल एयरलाइन्सको विमानमा आएका राजु विकको साथबाट प्रहरीले २ सय ग्राम सुन फेला परेको थियो।

प्युठानका यमलाल सवा ८ बजे एयर अरेबियाबाट काठमाडौं ओर्लिएका थिए। उनको साथबाट ३ सय ४९ ग्राम सुन फेला परेको हो। त्यस्तै सोही विमानबाट आएका जनक खड्काको साथबाट ३ सय ४९ ग्राम सुन भेटिएको हो। यसरी तीन घण्टा भित्र तीन वटा फ्लाइटमा आएका पाँच जनाको साथबाट करिब डेढ किलो अबैध सुन फेला परेको हो।

यसरी सानो परिणाममा सुन ल्याउनेहरूमा सुन तस्करले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई पासोमा पार्ने गरेका देखिन्छ। केही रकम र टिकटको लोभ देखाएर विदेशबाट सामान भन्दै उनीहरूले सुन समेत पठाउने गरेको देखिन्छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।