आज तीन संसदीय समितिको बैठक, यी छन् प्रमुख एजेन्डा
काठमाडौँ - आज संघीय संसद अन्तर्गत तीन वटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकका प्रमुख एजेन्डा निम्नानुसार रहेका छन्:
१. विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक
बिहान साढे ११ बजे बस्ने बैठकमा नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रक्रियामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालसम्म गरेका कामहरूको प्रगति र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।
२. विधायन व्यवस्थापन समितिको बैठक
दिउँसो १ बजे बस्ने बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल हुनेछ।
३. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक
दिउँसो साढे ३ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ।









