image
image
नक्साल ढुंगेधारामा पानीको प्रवाह पुनः सुरु, २५ वर्षपछि पुनर्निर्माण सम्पन्न

नक्साल ढुंगेधारामा पानीको प्रवाह पुनः सुरु, २५ वर्षपछि पुनर्निर्माण सम्पन्न

काठमाडौँ  -   काठमाडौँको नक्सालस्थित ऐतिहासिक ढुंगेधारा (गाः हिटी)मा अढाई दशकपछि पानीको प्रवाह पुनः सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको सम्पदा विभागमार्फत गरिएको पुनर्निर्माण कार्य सम्पन्न भई, अहिले सो हिटीमा दुईवटा स्रोतबाट निरन्तर पानी प्रवाह भइरहेको छ।

स्थानीयका अनुसार, २०५५ सालदेखि पानीको निकास बन्द भएको थियो। पुरातत्त्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको छ। पुनर्निर्माणका क्रममा पानीको निकास थुनेका तीन घरलाई प्रतिघर २ लाख रुपैयाँका दरले जरिवाना गरिएको थियो। यसबाट प्राप्त रकमले निकास खोल्नका लागि प्रयोग गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।