सांसद राईको आपत्ति: बारम्बार बत्ती जाने समस्याले सरकारको स्थायित्वप्रति प्रश्न उठाउँछ
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले प्रतिनिधि सभाको आजको बैठकमा सरकारको स्थायित्व र कार्यक्षमताप्रति गम्भीर प्रश्न उठाएकी छन्। उनले बारम्बार बत्ती जाने समस्यालाई सरकारको आयुसँग जोडेर टिप्पणी गर्दै सो घटनालाई सरकारको असफलताको संकेत मानिन्।
सांसद राईले भनिन्, “झ्याप्प–झ्याप्प बत्ती जानु भनेको सरकारको आयुको संकेत हो।” उनले पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकमा असन्तोष बढेको उल्लेख गर्दै यसलाई सरकारको बिरोधको कारणका रूपमा प्रस्तुत गरिन्।









