राप्रपा सांसद शाहीको भनाइ: संविधानको धारा २७० विरुद्ध सरकारको कदम
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेका कारण पार्टी निकट प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेल हाल्नु संविधानको धारा २७० विरुद्ध रहेको बताएका छन्। उनले संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठूला भएको भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले भने, “नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठूलो हो। होइन भने उहाँहरूले किन धारा २७० विरुद्ध काम गरिरहनु भएको छ?” उनले संविधानअनुसार चल्न र त्यो धाराले काम गर्न अप्ठ्यारो भएको भए परिवर्तन गर्न आग्रह गरे।









