image
image
कर्णालीको समृद्धि र समान विकासका लागि सांसद कठायतको आवाज

कर्णालीको समृद्धि र समान विकासका लागि सांसद कठायतको आवाज

काठमाडौँ   -   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशको पिछडिएको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै, आगामी बजेटमा कर्णालीका लागि विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन्। उनले कर्णालीका सांसदहरूले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेको उल्लेख गर्दै, सरकारले कर्णालीका मुद्दामा फितलो जवाफ मात्र दिएको बताइन्।उनका अनुसार, कर्णालीका सांसदहरूले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेका छन्। यदि कर्णालीलाई क्षति भएको निष्कर्ष हो भने, क्षतिपूर्ति सहितको राज्यको लगानी खोजिरहेका छन्।

सांसद कठायतका अनुसार, कर्णालीका जनताले राज्यको उपेक्षासँगै पुराना योजनाको मात्र गुनगान सुन्दै आएका छन्। उनी भन्छिन्, “६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोडिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको गुनगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने।”

सांसद कठायतले कर्णालीका जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पुराना योजनाको मात्र गुनगान नगरी, कर्णालीको समृद्धिका लागि वास्तविक लगानी र योजनामा ध्यान दिनुपर्नेमा जोड दिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।