image
image

अब ठूला सरकारी र निजी अस्पताललाई कोरोना अस्पताल बनाइने ;प्रधानमन्त्री ओली

काठमाडौँ । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली कोभिड-१९ विरुद्ध लागु गरिएको निषेधाज्ञामा थप कडाइ हुने बताएका छन् । त्यस्तै उनले  धेरै शैय्या भएका उपत्यकाका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गरिने बताएका छन् ।

नेपाली सेनालाई प्रदेश तथा राजधानीमा १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताउँदै ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि-चन्द्र मिलिटरी अस्पतालसहित ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गरिने बताए। कोरोनाविरुद्धको खोप प्रदान गर्नेमा नेपाल दक्षिण एसियामा भारतपछि रहेको भन्दै उनले यसलाई निरन्तरता दिइने बताए। 
साथै सबै स्थानीय तहमा ५ देखि १५ शय्याको आधारभूत अस्पताल निर्माण र प्रदेश र केन्द्रमा संक्रामक अस्पताल निर्माणलाई तीव्रता दिइएको प्रधानमन्त्रीले बताए । सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गरिने प्रधानमन्त्रीले जानकारी दिए ।

त्यसैगरी  निषेधाज्ञाको पालना गर्न समेत उनले आग्रह गरेका छन् । भीडभाड नगर्न, मास्क लगाउन र हात धुन आग्रह गर्दै प्रधानमन्त्रीले आम नागरिकलाई विचलित नभइ जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरे । ओलीले पछिल्लो समय नेपालको कोभिड परिस्थितीबारे प्रकाश पारेका थिए ।


     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।