काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ - काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
उनलाई गत चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको थियो। आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गरिएका प्रसाईंलाई राज्यविरुद्धको कसुरमा थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।









