काठमाडौंका दुई स्थानमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
काठमाडौँ - काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी र महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जयबागेश्वरीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ६६ वर्षीय भीम संगतसहित सात जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकासँग नगद एक लाख सात हजार ९१५ रुपैयाँ र चार बुक तास फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, शनिबार दिउँसो अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ का ४० वर्षीय रामजी बस्नेतसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूका सामु नगद दुई लाख ५७ हजार चार सय रुपैयाँ र नौ बुक तास बरामद भएको प्रहरीले जनाएको छ।









